Home » Blog » बिहारमा एनडीएको भारी बहुमत: भाजपा सबैभन्दा ठूलो दल, विपक्षी महागठबन्धन ध्वस्त

बिहारमा एनडीएको भारी बहुमत: भाजपा सबैभन्दा ठूलो दल, विपक्षी महागठबन्धन ध्वस्त

Ankushdaily
0 comment 6 views
एजेन्सी ।
भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको सम्पूर्ण २४३ सिटको नतिजा सार्वजनिक भएसँगै पुनः सत्ता गठबन्धन एनडीएले जोरदार विजय हासिल गरेको छ। भारतीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार एनडीएले २०२ सिट जित्दै सरकारले निरन्तरता पाएको छ।
यी परिणामले बिहारी मतदातामा भाजपा नेतृत्वप्रतिको भरोसा अझ मजबुत देखाएको छ। ८९ सिटसहित भाजपा राज्यको सबैभन्दा ठूलो दल बनेको छ भने गठबन्धनको दोस्रो प्रमुख शक्ति जनता दल (युनाइटेड)ले ८५ सिटमा जित हात पारेको छ।
यता, मुख्य विपक्षी आरजेडीले अपेक्षा विपरीत २५ सिटमै सिमित हुनुपरेको छ। अन्य दलहरूतर्फ हेर्दा—लोक जनशक्ति पार्टी (रामविलास)ले १९, कांग्रेसले ६, एआईएमआईएमले ५, हिन्दुस्तानी अवाम मोर्चाले ५, राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन्। त्यस्तै, सीपीआई (एमएल) लिबरेशनले २, इन्डियन इन्क्लुसिभ पार्टी, सीपीआई (एम) र बीएसपीले एक–एक सिट ल्याएका छन्।
विजयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारी जनताले दिएको जनादेशलाई ‘वंशवादमाथि विकास–केन्द्रित राजनीतिमा गरेको ठूलो विश्वास’ भनेर व्याख्या गरे। उनका अनुसार, यो नतिजाले पश्चिम बंगालमा पनि भाजपाको उचाइ बढाउने मार्ग खुला गरेको छ। उनले बिहारमा ‘जंगलराज’ अब कहिल्यै फर्कने छैन भन्ने स्पष्ट सन्देश मतदाताले दिएको दाबी गरे। महिलाहरू र युवाले निर्णायक भूमिका खेलेको उनको भनाइ छ।
तर विपक्षी दलका शीर्ष नेता राहुल गान्धीले भने बिहारको परिणामलाई ‘आश्चर्यजनक’ भन्दै लोकतन्त्र र संविधान बचाउने संघर्ष झनै सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखे, “हामी एक अनुचित प्रक्रियामा जित निकाल्न त सकिएन, तर यस लडाइँको उद्देश्य लोकतन्त्रको रक्षा हो।”
कांग्रेस सांसद तारिक अन्वरले चुनावअघि मतदाताको खातामा पैसा पठाएर प्रभाव पार्ने गैर–लोकतान्त्रिक गतिविधि भएको आरोप लगाउँदै मत किनबेच लोकतन्त्रका लागि खतरनाक संकेत भएको बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.