Home » Blog » चुनावमा भाग लिने कांग्रेसको निर्णय

चुनावमा भाग लिने कांग्रेसको निर्णय

Ankushdaily
0 comment 10 views
काठमाडौँ ।
कांग्रेसले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो ।
त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खडको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन । दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाइएमा पछि टिकट वितरणमा देउवा नै सक्रिय हुने आशंका छ ।
कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ । आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ ।
पार्टी महाधिवेशनको विवाद नमिलेका कारण त्यसबारेमा भने बैठकले कुनै निर्णय गर्न सकेन । महामन्त्री गगन थापाले यस सम्बन्धमा फेरि छलफल गरेर बैठक बस्ने बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.