Home » Blog » देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

Ankushdaily
0 comment 8 views
विरगंज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको महाराजगञ्जस्थित निवास पुगेका छन्। ओलीको सचिवालयका अनुसार उनीहरूबीच आज साढ़े ३ बजे भेट्ने कार्यक्रम तय गरिएको थियो।
स्रोतका अनुसार दुवै नेताबीच भेटवार्ता अहिले जारी छ। भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि उनीहरूबीच औपचारिक भेटवार्ता भएको थिएन। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय छ। समसामयिक राजनीतिक घटनाक्रमसहित विभिन्न विषयमा आजको भेटवार्तामा छलफल भइरहेको बताइएको छ।
भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा सभापति देउवामाथि आक्रमण भएको थियो। उपचारका लागि सिंगापुर गएपछि उनी हाल स्वदेश फर्किएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.