Home » Blog » पर्सा क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फ रमेश रिजालको एकल नाम सिफारिस

पर्सा क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फ रमेश रिजालको एकल नाम सिफारिस

Ankushdaily
0 comment 37 views
विरगंज ।
नेपाली कांग्रेसका नेता रमेश रिजाल प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा–४ बाट सर्वसम्मत सिफारिस भएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको सोमबार बसेको बैठकले पुर्व मन्त्री रिजाल नै आगामी निर्वाचनका लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुने निष्कर्षसहित सर्वसम्मत रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवले जानकारी दिए।
क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमदलगायतका पदाधिकारीको सहभागिता रहेको  थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.