Home » Blog » एमाले महाधिवेशन : ओली समूहले टुंग्यायो पदाधिकारी

एमाले महाधिवेशन : ओली समूहले टुंग्यायो पदाधिकारी

Ankushdaily
0 comment 15 views
काठमाडौं ।
नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलसहितको प्रतिष्पर्धा हुने भएको छ । दुवै पक्षले आ–आफ्नो पदाधिकारीको सूची अन्तिम रूप दिएका छन् ।
ओली पक्षबाट उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने भएका छन् । यसमध्ये गुरूङ र ज्ञवाली यसअघि उपमहासचिवको जिम्मेवारीमा थिए भने अन्य उम्मेदवारहरू यसअघि नै उपाध्यक्ष रहेका हुन् ।
महासचिव पदमा शंकर पोख्रेलले पुनः उम्मेदवारी दिने भएका छन् । उपमहासचिव पदका लागि रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकाल मैदानमा उत्रिने भएका छन् ।
त्यसैगरी सचिव पदका लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम तय गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.