Home » Blog » क्रियाशील सदस्यता र अनुशासन कारबाहीबारे देउवा–कोइरालाबीच भेटवार्ता

क्रियाशील सदस्यता र अनुशासन कारबाहीबारे देउवा–कोइरालाबीच भेटवार्ता

Ankushdaily
0 comment 25 views
वीरगञ्ज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ।
क्रियाशील सदस्यता वितरण समितिले नम्बरबिनाका फाराम जिल्ला–जिल्लामा पठाएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही फुकुवा गर्ने लगायतका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न जानुभएको हो।
भेटका क्रममा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बरबिनाका फाराम पठाउँदा पार्टीभित्र देशभर जटिल समस्या उत्पन्न भएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो। उहाँले ती नम्बरबिनाका फाराम तत्काल फिर्ता गराई नयाँ फाराम पठाउन निर्देशन दिन आग्रह गर्नुभयो। बिना नम्बरका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुन नसक्ने तर्क पनि कोइरालाले राख्नुभयो।
त्यसैगरी, अनुशासन कारबाहीका विषयमा समेत देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैमाथि लगाइएको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन तथा आगामी आम निर्वाचनमा सक्रिय रूपमा खटिन निर्देशन दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। २०७९ सालको निर्वाचनका क्रममा गठबन्धनको समयसँग जोडिएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने कोइरालाको भनाइ थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.