Home » Blog » संघिय समाजवादी फोरमको वडा अधिवेशन सम्पन्न

संघिय समाजवादी फोरमको वडा अधिवेशन सम्पन्न

अंकुश दैनिक
0 comment 8 views

विरगंज, ०८ माघ ।
संघिय समाजवादी फोरम नेपालले विरगंज उप–महानगरपालिकाको वार्ड नं. १३ घडीअर्वामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
जोगिन्दर साह कानुको नेतृत्व तथा अध्यक्षतमामा ३१ सदसिय वडा कमिटि पनि गठन गरिएको थियो, उक्त कमिटिमा उपाध्यक्षमा प्रभु महतो, सचिवमा रोहित वर्णवाल, कोषाध्यक्षमा अनिल साह कानु र सदस्यहरुमा राम टहल ठाकुर, मोहन साह कानु, लालन श्रीवास्तव, प्रदेशी यादव, रामेश्वर ठाकुर, अमिन सेख, राज्किशोरे पण्डित, सतेन्द्र प्रसाद कुर्मी त्यसैगरी महिला सदस्यहरुमा शारदा देवी, रिना देवी कलवार, सरिता देवी महतो, सहिरा खातुन लगायत रहेका छन् । पार्टीका राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जोगिन्दर साह कानुको एवंम सोनालाल साह कानुको नेतृत्वमा १०० भन्दा अधिकले विभिन्न पार्टी परित्याग गरि संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
जोगिन्दर सह कानुको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अथिती पार्टीका जिल्ला अध्यक्ष एवंम जिल्ला शान्ति समितिका संयोजक प्रदिप यादव रहेका थिए भने, अतिथीहरुमा समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य सुशील साह कानु, नगर उपाध्यक्ष लखन लाल गुप्त, समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवाल, पर्सा क्षेत्र नं. १ का सभापति कामेश पण्डित रहनु भएको थियो । कार्यक्रमलाई आशु सर्राफले सहजीकरण गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.