Home » Blog » निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षको रिट दर्ता, सर्वोच्चले ६ गतेलाई तोक्यो पेशी

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षको रिट दर्ता, सर्वोच्चले ६ गतेलाई तोक्यो पेशी

Ankushdaily
0 comment 15 views
काठमाडौँ  ।
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइका लागि माघ ६ गते पेसी तोकेको छ।
उही दिन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने कार्यतालिका रहेको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवा पक्षको तर्फबाट रिट दर्ता गराएका हुन्। देउवा पक्षले आजै पेसी तोकेर सुनुवाइ गर्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले सोही दिन दर्ता र पेसी तोक्न सम्भव नभएको जनाएपछि रिट दर्ता गरेर फर्किएका हुन्।
निर्वाचन आयोगको निर्णयका कारण नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र निर्वाचन प्रक्रियाबाटै वञ्चित हुने जोखिम रहेको दाबी गर्दै खड्कासहितका नेताले तत्काल सुनुवाइको माग गरेका थिए। तर नियमावलीको व्यवस्थाका कारण आजै पेसी तोक्न नमिल्ने जवाफ सर्वोच्च प्रशासनले दिएको थियो।
अब उम्मेदवार मनोनयनपछि मात्र सर्वोच्चले आदेश दिने सम्भावना देखिएको छ। यदि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा देउवा पक्षलाई राहत पुग्नेछ भने अन्तरिम आदेश नआएमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई लाभ हुने देखिन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.