Home » Blog » सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: गगन थापालाई कांग्रेस सभापतिको रूपमा काम गर्ने बाटो खुल्यो

सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: गगन थापालाई कांग्रेस सभापतिको रूपमा काम गर्ने बाटो खुल्यो

Ankushdaily
0 comment 14 views
विरगंज ।
नेपाली कांग्रेसको नेतृत्व सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापालाई सभापतिको रूपमा कामकाज गर्ने बाटो खोलिदिएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई दिएको वैधानिकता रोक्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै, न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतको यो निर्णयसँगै गगन थापालाई सभापतिको हैसियतमा काम कारबाही अघि बढाउन कानुनी अवरोध हटेको छ।
विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो। तर, उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय खारेजी तथा चलिरहेको प्रतिनिधिसभा उम्मेदवारी दर्ता प्रक्रिया रोक्न मागसहित माघ ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
अदालतले देउवा पक्षको माग बमोजिम अन्तरिम आदेश नदिएपछि अब निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई दिएको मान्यता यथावत् रहने भएको छ। यद्यपि, अन्तरिम आदेश अस्वीकार गरे पनि सर्वोच्च अदालतले यस विषयमा थप स्पष्ट हुन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.