Home » Blog » वीरगन्जको लिंक रोडस्थित ‘यश बी ट्रेडिङ’मा प्रहरीको छापा, लाखौंका सामान नियन्त्रणमा

वीरगन्जको लिंक रोडस्थित ‘यश बी ट्रेडिङ’मा प्रहरीको छापा, लाखौंका सामान नियन्त्रणमा

Ankushdaily
0 comments 194 views
सन्तोश रंजितकार,
वीरगन्ज ।
वीरगन्जको लिंक रोडस्थित यश बी ट्रेडिङमा जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार साँझ करिब ५:३० बजे छापा मारेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त पसलबाट लाखौँ मूल्य बराबरका चिनियाँ, भारतीय तथा विभिन्न घरेलु सामानहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
व्यवसायी विकास गोयलले भने प्रहरीको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। उनले आफूसँग सामानका सम्पूर्ण कानुनी कागजातहरू सुरक्षित हुँदाहुँदै पनि प्रहरीले कुनै सुनुवाइ नगरी जबर्जस्ती सामान लगेको र आफ्नो मोबाइलसमेत खोसेर लगेको आरोप लगाएका छन्। यता प्रहरीले भने ती सामानहरूको थप अनुसन्धान आवश्यक देखिएकाले प्रक्रियागत रूपमा नियन्त्रणमा लिइएको जानकारी दिएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बसनेतसँग बुझ्दा उनले आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित पोस्टहरू