Home » Blog » मेरो घरमा ५ हजार पुस्तक छन्, प्रतिस्पर्धीको घरमा रक्सीको बोतल :- सुरेन्द्र चौधरी

मेरो घरमा ५ हजार पुस्तक छन्, प्रतिस्पर्धीको घरमा रक्सीको बोतल :- सुरेन्द्र चौधरी

Ankushdaily
0 comment 73 views
विरगंज ।
पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले आफ्ना प्रतिस्पर्धी उम्मेदवार रुपेश पाण्डेमाथि व्यङ्ग्य गरेका छन्। एक कार्यक्रममा बोल्दै चौधरीले पाण्डेलाई राजनीतिक संस्कार नभएको ‘जुमा जुमा सात दिन भइल नेता’ को संज्ञा दिँदै आलोचना गरे। रक्सौलबाट नयाँ कुर्ता सिलाउँदैमा कोही नेता नहुने भन्दै चौधरीले नेतृत्वका लागि अध्ययन र बौद्धिकता आवश्यक पर्ने जिकिर गरे।
आफूलाई अध्ययनशील र बौद्धिक व्यक्तित्वको रूपमा चित्रण गर्दै चौधरीले आफ्नो निजी पुस्तकालयमा ४ देखि ५ हजार पुस्तकहरूको संग्रह रहेको दाबी गरे। उनले भने, “मेरो मासिक १५ देखि २० हजार रुपैयाँ पुस्तक खरिदमा खर्च हुन्छ। बजारमा नयाँ पुस्तक आउने बित्तिकै अनलाइनमार्फत मगाएर अध्ययन गर्छु, तैपनि मलाई आफू कम पढेको महसुस हुन्छ।” उनले राजनीतिमा विचार र दर्शनको महत्व हुने भन्दै आफ्नो तुलना प्रतिस्पर्धीसँग हुन नसक्ने आशय व्यक्त गरे।
चौधरिले प्रतिस्पर्धी पाण्डेको जीवनशैलीमाथि समेत गम्भीर कटाक्ष गरे। एक आगन्तुकको भनाइ उद्धृत गर्दै उनले पाण्डेको घरमा ज्ञानवर्धक पुस्तकहरूको सट्टा महँगा विदेशी मदिराको सजावट रहेको टिप्पणी गरे। “मेरो क्षेत्रमा नयाँ नेताजी पैदा हुनुभएको छ, जसको घरमा ब्ल्याक लेबल, सिभास रिगल र भ्याट ६९ जस्ता विदेशी रक्सीले सजावट गरिएको छ,” चौधरीले भने, “त्यहाँ पुग्नेहरूले मदिरा हेर्न मात्र पाउँछन्, पिउन होइन।” पुस्तक र मदिराको तुलना गर्दै उनले पाण्डेसँग समाजलाई दिशा निर्देश गर्ने वैचारिक धरातल नभएको आरोप लगाए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.