Home » Blog » इनरुवामा रास्वपा उम्मेदवार हरि पन्तको घरदैलोमा उल्लेख्य जनसहभागिता

इनरुवामा रास्वपा उम्मेदवार हरि पन्तको घरदैलोमा उल्लेख्य जनसहभागिता

Ankushdaily
0 comment 20 views

विरगंज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले इनरुवामा सञ्चालन गरेको घरदैलो कार्यक्रमप्रति उल्लेख्य जनसमर्थन देखिएको छ। पन्तको चुनावी अभियानअन्तर्गत आज आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार पन्तसमक्ष विकास निर्माणसँग सम्बन्धित मुद्दा तथा स्थानीय सरोकारका विभिन्न समस्याहरू राखेका थिए। यसअघि घरदैलो अभियान सुरु गर्नुअघि इनरुवामा एक कोणसभा समेत आयोजना गरिएको थियो। उक्त सभामा सयौँ इनरुवावासीहरूले विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

विजय साहको सभापतित्वमा सम्पन्न कोणसभाले साहकै अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल तथा सह–सचिवमा अजय कुमार महतो र प्रीतम कुमार महतो चयन भएका छन्।

त्यसैगरी समितिका सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलिप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायण दास रहेका छन्।

कार्यक्रममा सन्तोष पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। सो अवसरमा वडा सभापति रमेश चौरसियासहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.