Home » Blog » रास्वपा उम्मेदवार हरि पन्तद्वारा पर्सौनी बिर्तामा घरदैलो, सुशासन र पारदर्शिताको प्रतिबद्धता

रास्वपा उम्मेदवार हरि पन्तद्वारा पर्सौनी बिर्तामा घरदैलो, सुशासन र पारदर्शिताको प्रतिबद्धता

Ankushdaily
0 comment 29 views

विरगंज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका–२३ स्थित पर्सौनी बिर्तामा मतदाता भेटघाट तथा घरदैलो अभियान सम्पन्न गरेका छन्। स्थानीय हनुमान मन्दिरमा पूजाार्चना गरी शुभारम्भ गरिएको उक्त अभियानका क्रममा पन्तले वडाका विभिन्न टोल–बस्तीमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकका समस्या र सुझावहरू सुन्दै रास्वपाको मूल एजेन्डाका रूपमा रहेको सुशासन, पारदर्शिता र जवाफदेहितासहितको राजनीतिक प्रतिबद्धता प्रस्तुत गरे। मतदाताहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममार्फत पार्टीले आगामी दिनमा पनि जनस्तरसँगको प्रत्यक्ष संवाद र सहभागितामूलक राजनीतिक अभियानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.