Home » Blog » रास्वपा उम्मेदवार हरि पन्त भन्छन्– ‘यसपटक परिवर्तन सुनिश्चित छ’

रास्वपा उम्मेदवार हरि पन्त भन्छन्– ‘यसपटक परिवर्तन सुनिश्चित छ’

Ankushdaily
0 comment 21 views

वीरगञ्ज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत नगवामा आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य तथा उत्साहजनक सहभागिता देखिएको छ। प्रचारप्रसारका क्रममा मंगलबार नगवा पुगेको रास्वपाको टोलीलाई स्थानीयवासीले भव्य स्वागत गर्दै उम्मेदवार हरि पन्तप्रति ऐक्यबद्धता जनाएका छन्।

घरदैलो कार्यक्रमका क्रममा बोल्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले नगवावासीको अभूतपूर्व साथ र समर्थनले आफ्नो जित सुनिश्चित गराएको दाबी गरे। उनले रास्वपाको विजय केवल एक पार्टीको मात्र नभई समग्र मुलुककै जित हुने बताए। पन्तले पुराना राजनीतिक अभ्यासबाट आजित भएका जनताले यसपटक विवेक प्रयोग गरी मत परिवर्तन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको समेत उल्लेख गरे।

उक्त घरदैलो कार्यक्रममा रास्वपा पर्साकी उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, वीरगञ्ज महानगर सभापति अमन आलम तथा महानगर सचिव गौतम श्रेष्ठको उपस्थिति रहेको थियो। साथै, सन्दीप कुशवाहा, विशाल सिंह, माइकल सापकोटा लगायतका नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.