Home » Blog » ढकालसहित झन्डै सय नेता एमाले त्याग्दै कांग्रेस प्रवेश

ढकालसहित झन्डै सय नेता एमाले त्याग्दै कांग्रेस प्रवेश

Ankushdaily
0 comment 19 views
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले ढकालसहित झन्डै सय जना नेता–कार्यकर्तालाई टीका–माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
संविधानसभा सदस्यसमेत रहेका ढकालको प्रवेशलाई कांग्रेसले महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा लिएको छ। सोही अवसरमा एमालेका नेता तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर पनि कांग्रेसमा समाहित भएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.