55
बदलिँदो राजनीतिक परिवेश र मतदाताको मनोविज्ञानलाई मध्यनजर गर्दै उनले पार्टीको पुरानो संगठनात्मक संरचना र अनुभवभन्दा पनि नयाँ समूहको प्रवेशलाई चुनावी ऊर्जा बनाउने दाउ हेरेका छन्। हालैको ‘जेन-जी’ आन्दोलनपछि समय अगावै महाधिवेशन गरेर पार्टीभित्र आफ्नो पकड मजबुत बनाएका ओलीले चुनावपछि एमाले नै देशको सबैभन्दा ठूलो दल बन्ने दाबी गर्दै आएका छन्।