Home » Blog » १४ हजारभन्दा बढी मतान्तरसहित पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका हरि पन्त विजयी

१४ हजारभन्दा बढी मतान्तरसहित पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका हरि पन्त विजयी

Ankushdaily
0 comments 18 views
वीरगन्ज: पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद (हरि) पन्त फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २४४ मतको भारी अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, नवनिर्वाचित पन्तले कुल २७ हजार २७४ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी एमालेका यादवले १३ हजार ३० मतमा चित्त बुझाउँदा, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८८५ मत सङ्कलन गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल ८९ हजार ६३८ मतदाता दर्ता रहेकोमा ६१ हजार ३०६ मत मात्र खसेको थियो। खसेको कुल मतमध्ये उल्लेख्य हिस्सा प्राप्त गर्दै पन्तले बलियो जनअनुमोदन हासिल गरेका हुन्।

सम्बन्धित पोस्टहरू