Home » Blog » मधेशमा ‘शून्य सहनशीलता’ नीति, ढिलासुस्ती गर्नेलाई कडा कारबाही: डीआईजी थपलिया

मधेशमा ‘शून्य सहनशीलता’ नीति, ढिलासुस्ती गर्नेलाई कडा कारबाही: डीआईजी थपलिया

Ankushdaily
0 comments 46 views
विरगंज ।
मधेश प्रदेशमा सुरक्षा र सुशासन सुदृढ गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले शून्य सहनशीलताको नीतिसहित कठोर कदम चाल्नु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित एक कार्यक्रममा वहाँले शान्ति सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पार्दै सेवा प्रवाहमा ढिलासुस्ती र अनुशासनहीनता प्रदर्शन गर्ने जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिनु भयो। नागरिकलाई भयरहित वातावरणको प्रत्याभूति दिलाउन मातहतका कर्मचारीलाई इमान्दार र परिणाममुखी बन्न विशेष निर्देशन दिनु भएको छ। विशेष गरी सीमा क्षेत्रको तस्करी, लागूऔषध कारोबार र आपराधिक गतिविधि नियन्त्रणका लागि परम्परागत शैलीलाई परिमार्जन गर्दै प्रविधिको उच्चतम प्रयोग तथा चुस्त सूचना संकलनमार्फत स्पष्ट नतिजा ल्याउन वहाँको जोड छ।
यसैगरी, प्रहरी कार्यालय र सरकारी सेवामा बिचौलियाको प्रभाव अन्त्य गर्न डीआईजी थपलियाकै प्रत्यक्ष पहलमा प्रदेशका विभिन्न जिल्लाबाट ४० जना बिचौलियालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। सर्वसाधारणलाई सास्ती दिने र अवैध असुली गर्ने उनीहरूविरुद्ध हाल मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ। बिचौलियाको जालो नतोडेसम्म सुशासन कायम नहुने अडान राख्दै प्रदेशका आठवटै जिल्लामा शुद्धीकरण तथा कारबाही अभियानलाई तीव्रता दिइएको छ।
प्रहरी सेवालाई पूर्ण पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित अघि बढेका डीआइजी थपलिया कुनै पनि शंकास्पद गतिविधि या बिचौलियाको चलखेल देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आम नागरिकलाई अपिल समेत समेत गर्नु भएको छ।

सम्बन्धित पोस्टहरू