Home » Blog » म जन्मेको माटोले चुनावमा जा भन्यो – उपेन्द्र यादव

म जन्मेको माटोले चुनावमा जा भन्यो – उपेन्द्र यादव

अंकुश दैनिक
0 comment 10 views

काठमाण्डौं, २९ वैशाख । राजधानीमा रिपोर्टर्स क्लवले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि निर्वाचनमा जानुको विकल्प नभएको दावी गर्दै ‘म आफू जन्मेको माटोलाई सम्झेर चुनावमा गएको बताएका छन् ।यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आप्mनो पार्टी निर्वाचनमा सहभागी भएको बताउदै भने, ‘निर्वाचनमा नजान्दा किन गइनस् <भन्छन, अनि निर्वाचनमा भाग लिंदा किन गइस् भन्छन् < बडा विचित्र छ ।उनले निर्वाचनमा भाग लिए पनि आप्mनो पार्टीले कुनै मुद्दा नछोडेको भन्दै चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएर अघि बढ्ने बताए । सरकारले सहमति अनुसार नै १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि त्यही दिन १० जना सांसद गायब भएकोले पारित हुन नसकेको यादवले स्पष्ट गरे । सो अवसरमा बोल्दै हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषय घृणित भएको भन्दै यादवले सो कार्यलाई घृणित कार्यको संज्ञा दिदै महन्थजीले भनेको भए म आफै वहालाई फुलमाला लगाएर सम्मानजनक रुपमा पद दिन्थे भन्नु भयो ।

 

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.