Home » Blog » ओलीको समर्थनमा युवाहरुद्वारा प्रदर्शन

ओलीको समर्थनमा युवाहरुद्वारा प्रदर्शन

अंकुश दैनिक
0 comments 5 views

सन्तोष रंजितकार
बिरगंज।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा शनिवार वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् ।

नेकपा भित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा माग गरे पछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली का समर्थनमा युवाहरुले बिरगंज घण्टा घर नजिक प्रदर्शन गरेका हुन् । स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।

हनिफ मियाको अगुवाइमा निस्किएको प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो, अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर बिरगंज बजार परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।
अहिलेको समय मा प्रधान मन्त्रिलाई हटाउने नभई विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस को त्रास लाई हटाउने समय भएको भन्दै विरोधमा सहभागिहरुले आक्रोश पोखेका थिए । बिहान परेको झरीको प्रवाह नगरी प्रधानमन्त्रि ओलिको समर्थनमा प्रदर्शन गरिएको हो ।

सम्बन्धित पोस्टहरू