वीरगंज, २३ असार ।
सांसद सरिता गिरीमाथि जनता समाजवादी पार्टीले गरेको कारवाही प्रति सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादवले कडा प्रतिक्रिया जनाएका छन् ।
रेशम चौधरी, हरिनारायण रौनियार र सरिता गिरीमाथि कारवाही हुने तर जग्गा घोटालामा फसेका विष्णु पौडेल, सत्तरी करोडको घोटालामा फसेका गोकुल बास्कोटा लगायत अपहरण गर्ने चोर बनोरहरु राष्ट्रवादी हुने तर संसदमा फरक मत राख्ने सरिता गिरीमाथिको कारवाहीलाई नश्लीय राष्ट्रवादको अगाडी पार्टीले आत्म समर्पण गरेको अमरेन्द्रले आफ्नो फेसबुब स्टेटसमा उल्लेख गरेका छन् । अमरेन्द्र यादव जनता समाजवादी पार्टीका तर्फबाट विराटनगर महानगरपालिकाको नगरअध्यक्ष हुन् ।
8