Home » Blog » नक्कली कागजातबाट छोकडा आयात प्रकरण सम्बन्धमा

नक्कली कागजातबाट छोकडा आयात प्रकरण सम्बन्धमा

Ankushdaily
0 comments 72 views
विरगंज ।
मिति २०८३ वैशाख १८ गते यस ‘अंकुश दैनिक’ र हाम्रो अनलाइन संस्करणमा प्रकाशित “नक्कली कागजातबाट छोकडा आयात प्रकरण: अग्रवाल ‘मोहरा’ मात्र, मुख्य योजनाकार विमल पोदार र दीपक मल्होत्रा रहेको दाबी” शीर्षकको समाचारप्रति दीपक कुमार मलहोत्राले खण्डन पठाउनुभएको छ।
वीरगञ्ज निवासी नवीन अग्रवालको “सिम्भिन इन्टरनेशनल” मार्फत भएको भनिएको छोकडा आयात प्रकरणमा आफ्नो कुनै प्रकारको व्यावसायिक वा व्यक्तिगत सम्बन्ध नरहेको उहाँले प्रस्ट पार्नुभएको छ। साथै, समाचारमा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) मार्फत तोडमोड गरिएको तस्विर प्रयोग भएको र ३३ केजी सुन प्रकरणमा समेत राज्यका जिम्मेवार निकायहरूबाट भएको अनुसन्धानमा आफ्नो कतै संलग्नता पुष्टि नभएको उहाँको खण्डन पत्रमा उल्लेख छ। सयौं नागरिकलाई रोजगारी दिई राज्यलाई कर तिर्ने एक जिम्मेवार नागरिकको रूपमा आफूलाई अपराधीको रूपमा चित्रण गरिएको भन्दै उहाँले उक्त समाचारको भर्त्सना गर्नुभएको छ।
सम्पादकीय नोट:
उक्त समाचार विभिन्न स्रोतहरूको दाबी र सूचनाका आधारमा सम्प्रेषण हुन गएको थियो। समाचार प्रकाशन गर्नुअघि सम्बन्धित पक्ष दीपक कुमार मलहोत्राको भनाइ वा प्रतिक्रिया समावेश हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं। सन्तुलित र तथ्यपरक पत्रकारिताप्रति हाम्रो प्रतिबद्धता कायमै छ र आगामी दिनमा यस्ता विषयमा थप संवेदनशीलता अपनाउने जानकारी गराउँदछौं।

सम्बन्धित पोस्टहरू