Home » Blog » पीसीआर टेस्ट नि:शुल्क गर्न नेपाली काङ्ग्रेस पर्साद्वारा नारायणी अस्पताल अगाडि प्रदर्शन

पीसीआर टेस्ट नि:शुल्क गर्न नेपाली काङ्ग्रेस पर्साद्वारा नारायणी अस्पताल अगाडि प्रदर्शन

अंकुश दैनिक
0 comments 4 views

बिरगंज ।

सरकारले पी.सी.आर परिक्षण गर्नका लागि रु ५५०० मुल्य निर्धारण गरेकाे बिराेधमा नेपाली काङ्ग्रेस पर्साले आज नारायणी अस्पताल अगाडि धारणा कार्यक्रमको आयाेजना गरेको छ।कोभिड –१९ चेक जाँचको लागि तोकेको रु ५५०० तत्काल खारेज गरी नि:शुल्क परिक्षणको व्यवस्था मिलाउँन  नेपाली काङ्ग्रेस पर्साले माग गरेका छ ।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीकाे अगुवाइमा भएको धारणा कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा , बिरगंज महानगरका उपमेयर शान्ति कार्कि,जि.सचिव श्याम पटेल,किशोरी कानु,जि. काेषाध्यक्ष इम्तियाज आलम,जि सदस्य दिना गुप्ता ,बैकुण्ठ श्रीवास्तव,राेशन लामिछाने ,राधा कार्कि, रामबाबु पटेल,क्षेत्रीय सभापति बिजय सरा्फ,अरबिन्द गुप्ता ,प्रकाश उपाध्याय,ललन द्विवेदी,असहाब मिया,नगर सभापति भाेला कलवार,सुधीर पटेल,बद्रि न तिवारी ,बिकेश पटेल,रुपा श्रेष्ठ, मनाेज कुर्मि लगायत नेता कार्यकर्ताका उपस्थिति थियोे ।

सम्बन्धित पोस्टहरू