Home » Blog » ला लिगाको उपाधि रियल म्याड्रिडलाई

ला लिगाको उपाधि रियल म्याड्रिडलाई

अंकुश दैनिक
0 comments 9 views

स्पेन (एजेन्सी) – रियल मड्रिडले यस सिजनको स्पानिस ला लिगाको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा मालागालाई २-० ले पराजित गर्दै रियलले ५ वर्षयता पहिलो पटक ला लिगाको च्याम्पियन बनेको हो । रियलले मालागालाई उसैको मैदानमा हराउने क्रममा क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले एक एक गोल गरे। क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमै रियललाई खेलमा अग्रता दिलाएका थिए। इस्कोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले म्याड्रिडलाई उपाधितर्फ लम्काएका थिए। पहिलो हाफमा १-०ले अघि रहेको म्याड्रिडले दोश्रो हाफको ५५औं मिनेटमा करीम बेन्जेमाको गोलसँगै अग्रता दोब्बर पारेको थियो।  जितपछि रियलले ३८ खेलबाट ९३ अंक जोड्यो।

 

 

सम्बन्धित पोस्टहरू