Home » Blog » नेपाली कांग्रेसद्वारा दलितलाई राहत बितरण

नेपाली कांग्रेसद्वारा दलितलाई राहत बितरण

अंकुश दैनिक
0 comments 9 views

संतोष रन्जितकार,
बिरगंज ।
नेपाली कांग्रेसको वडा समिति वडा नं.२६ सुगौलीको सभापति शम्भु मिश्रको अध्यक्षतामा दलित घर-परिवारलाई राहत बितरण गरिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा तराई मधेश समन्वय विभागका प्रमुख अजय चौरसियाको प्रमुख आतिथ्यमा र नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मन्चको बिशेष सहयोगमा सुगौलीका ३७ दलित घर-परिवारलाई राहत बितरण गरिएको छ ।

राहत बितरण कार्यक्रममा नेपाली काग्रेसका प्रदेश सासंद ओम प्रकाश शर्मा ,महासमिती सदस्य रामरुप प्रसद कुर्मी, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा,जिल्ला सचिव श्याम पटेल,जिल्ला सदस्य रोशन लामिछाने,क्षेत्रीय अध्यक्ष २ (ख)को शैलेन्द्र उपाध्य,अलौ वार्ड नं१७ को बुथ सभापती शिव ओम लामिछाने , उपसभापति सन्जु छत्कुली,ज्योतिष पुरुशोतम पडित, गन्नी मिया, श्रीकिशुन साह, तरुण दलका सचिव बिबेक चौरसिया , सदस्य उपनेश चौरसिया, नेता रंजित पटेल, राज चौरसिया लगायतका नेता तथा कर्याकर्ताहरुको उपस्थित रहेको थियो।

सम्बन्धित पोस्टहरू