Home » Blog » एसियन बडी बिल्डिङमा विकास धिमाल

एसियन बडी बिल्डिङमा विकास धिमाल

अंकुश दैनिक
0 comments 15 views

बीरगंज। मोरङको उर्लाबारी–८ का विकास धिमालले एसियन बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । जेठ ४ देखि ७ गतेसम्म मंगोलियाको राजधानी उलनवटरमा हुन गैरहेको ५१ औं ए.एफ. बी.एफ. एसियन बडी बिल्डिङ प्रतियोगितामा नेपालका तर्फबाट धिमालले सहभागिता जनाउने भएका हुन् । झापाको दमकस्थित यारो फिटनेसका प्रशिक्षक धिमालले ६३ किलो तौल समूहको क्लासिकल बडी बिल्डिङमा सहभागिता जनाउने बताइएको छ ।

 

पेसाले शिक्षक धिमालले यसअघि नेपालमा भएका मिस्टर मोरङ–२०६७, मिस्टर कोसी–०६७–६८, प्रथम मिस्टर पूर्वाञ्चल–०६८–६९, ६५ किलो तौल समूहको मिस्टर हिमालय, २०६८ मा मिस्टर नेपाल तथा २०७३ मा ६५ किलो तौल समूहको मिस्टर धर्मश्री उपाधि जितिसकेका छन् ।

साभर : इ=कान्तिपुर

 

सम्बन्धित पोस्टहरू