Home » Blog » बालुवाटारमा आफूनिकट सांसदहरु सँग छलफल गर्दै प्रधानमन्त्री ओली, बादल गएनन्

बालुवाटारमा आफूनिकट सांसदहरु सँग छलफल गर्दै प्रधानमन्त्री ओली, बादल गएनन्

अंकुश दैनिक
0 comments 11 views

काठमाडौं ।

बैशाखमा नयाँ निर्वाचनको घोषणा गरेर तयारी थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकट सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

छलफलमा मन्त्रीसहित ७० भन्दा बढी सांसद र नेताहरु सहभागी छन् । ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।

छलफलमा गृहमन्त्री तथा नेकपा सचिबालय सदस्य राम बहादुर थापा बादल भने उपस्थित नभएको बुझिएको छ । बादलले आफ्नो बेग्लै भेला डाकेका छन् ।

पुलचोकस्थित सरकारी निवासमा उनले निकटस्थहरुको भेला गरेका हुन् । भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका नेता सहभागी रहेको बुझिएको छ ।

सम्बन्धित पोस्टहरू