काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो संसद विघटन गरेर जनतासामु जानु उचित विकल्प रहेको बताएका छन् । उनले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्च अदालतले र्गला तर पनि निर्वाचनमा जानु सही विकल्प हो भन्दै उनले ट्वीटरमा लेखेका छन् । दुई दिन अघिको ट्वीटमा भने थापाले संसद विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएका थिए ।
‘संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ,’ अध्यक्ष थापाले भनेका छन्,
‘तर ‘घोडा व्यापार’ र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प हो ।’