Home » Blog » आर्सनललाई एफए कपको उपाधि

आर्सनललाई एफए कपको उपाधि

अंकुश दैनिक
0 comments 9 views

एजेन्सी – चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ। शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हराउँदे उपाधि जितेको हो। आर्सनलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक आर्सेन वेंगरले ऐतिहासिक सातौं एफए कप जितेका हुन्। खेलको चौथो मिनेटमा एलेक्सिस स्यान्चेजले गोल गर्दै आर्सनललाइ अग्रता दिलाएका थिए। सुरुवाती गोलले दबावमा पारेको चेल्सीले पहिलो हाफमा कुनै मौका बनाउन सकेन। दोश्रो हाफको ६८औं मिनेटमा चेल्सीका भीक्टर मोसेस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाहिर निस्केपछि चेल्सी थप दबावमा पारेको थियो। तर, ७६औं मिनेटमा विलियनको पासलाई सदुपयोग गर्दै डिएगो कोष्टाले चेल्सीका लागि बराबरी गोल गरे। उपाधिविहिन रहने खतरा रहेको आर्सनल यस जितसँगै सिजनको सुखद अन्त्य गर्न सफल रहेको छ।

सम्बन्धित पोस्टहरू