Home » Blog » माधव नेपाल र भीम रावल ६ महिनाका लागि एमालेबाट निलम्बित

माधव नेपाल र भीम रावल ६ महिनाका लागि एमालेबाट निलम्बित

अंकुश दैनिक
0 comments 4 views

काठमाडौं ।

नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई कारवाही गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो ।

सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् ।

सम्बन्धित पोस्टहरू