4
काठमाडौं ।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनसँग मिलेर हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।
स्पष्टीकरण सोधिएका सांसदहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, लक्ष्मी चौधरी, मुकुन्द न्यौपानेसहित ११ सांसद रहेका छन्।