काठमाडौँ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन्। शुक्ल र कर्ण सरकारले जसपाका माग पूरा गर्न गठन गरेको कार्यदलका सदस्य पनि हुन।
कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले कार्यकारिणीको बहुमतले ठाकुर, महतो सहित ४ जना नेतालाई पार्टीबाट निकाल्ने निर्णय गरेको बताए। यस सम्बन्धी पार्टीको निर्णय केही बेरमा आउने उनले बताए। कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ।