Home » Blog » ठाकुर समूह ओली सरकारमा सहभागी हुने, ६ बजे सपथ

ठाकुर समूह ओली सरकारमा सहभागी हुने, ६ बजे सपथ

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत
भएको हो।
ठाकुर पक्षबाट आजै मन्त्रीहरुले सपथ लिने तयारी भइरहेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।
‘आजै उहाँहरु सरकारमा सहभागी हुनुहुनेछ। अब सपथको तयारी भइरहेको छ,’ स्रोतले भन्यो।
जसपाका नेताहरुका अनुसार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबिच शुक्रवार दिउँसो भएको वार्ता पछि मन्त्रीहरुको नाम टुंगो लागेको हो।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास मन्त्रीको सपथ लिने तय भएको छ।
ठाकुर निकट एक नेताले ८ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिन लागेको बताए। ‘६ बजे सपथका लागि तय भएको छ। ८ जना मन्त्री र २ राज्यमन्त्रीले आज सपथ लिनेछन्,’ ती नेताले भने।
स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।

सम्बन्धित पोस्टहरू