6
काठमाडौं ।
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।
देउवालाई एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल समूहले विश्वासको मत दिने निष्कर्ष निकालेको छ ।