Home » Blog » राजपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राजपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 6 views

वीरगंज, २९ जेठ ।  बिभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन । वैरियाबिर्ता ईकाई समितीका अध्यक्ष जयनारायण प्रसाद कुर्मीको सभपतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष चन्दन पटेल, किसुनदेव यादव, ठग साह,वन्सी राउत, जादोलाल साह, झगरु यादव, जगल प्रसाद कुर्मी, श्रवण कुमार, कृष्णा पटेल, नेपाली का“ग्रेस वैरिया बिर्ता बुथ कमिटीका उपाध्यक्ष श्रीनारायण प्रसाद कुर्मी, गंगा प्रसाद कुर्मी, शिवनाथ कुर्मी लगायत करिव सय जनाले राजपा नेपालमा प्रवेश गरेको राजपाका केन्द्रिय महासचिव शिव पटेलले बताउनु भयो ।
राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा महासचिव शिव पटेल,राजेशमान सिंह,कदम रसुल, केन्द्रिय सदस्य एवं सांसद रमेश कुर्मी, विपिन यादव, जिल्ला अध्यक्ष मण्डलका सदस्य प्रेमबाबु पटेल, कृष्णा पटेल लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.