Home » Blog » हरपतगंजमा महापर्ब छठको उपलक्ष्यमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना

हरपतगंजमा महापर्ब छठको उपलक्ष्यमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना

अंकुश दैनिक
0 comments 4 views

वीरगंज ।
नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० वडा इकाई कमिटीद्वारा महापर्ब छठको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा जेष्ठ नागरिक र उच्च शिक्षा हासिल गरेका बिधार्थीहरूको सम्मान कांग्रेस नेताहरुले गरेका थिए । त्यसैगरी,सम्मान हुने बिधार्थीहरू हरपतगन्जका पि.एच.डि. ,एम.बि.बि.एस पढ्ने,अमेरिकाबाट आइ.टी. पढेर आएकालाई सम्मान गरियो।

सो अवसरमा प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय द्विवेदीले सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस महा छठ पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० हरपतगजको वडा इकाई कमिटीका सभापति हरिचंद्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिशिष्ट अतिथि उर्जा तथा खानेपानी मन्त्री माननीय ओमप्रकाश शर्मा र संबिधान सभा सदस्य अनिल रूंगटा रहनुभएको थियो भने अतिथी राम नारायण कुर्मी,श्याम पोखरेल,दिना गुप्ता,प्रकाश उपाध्याय,श्याम पटेल,विजय सर्राफ,मोहमद सहाबुदिन,बैकुण्ठ क्षीवास्तव ,मनोजा चौधरी,अरबिन्द गुप्ता,दिपेन्द्र चौहान,राधेश्याम चौरसिया, मुकेश गुप्ता,हुकुम सिंह,जितेन्द्र पुरुष ढकाल,मनोज महतो,बिशेसर पटेल,राम निवास यादव, मनोज महतो,कबिर अंसारी,विरेन्द्र महतो लगायत बुथ ईकाई समिति वडा न.२० का नेता कार्यक्रता तथा कियाशिल सदश्यहरुको उल्लेखनिय उपस्थित रहेको थियो । कार्यक्रमको संचालन दिप पुरिले गर्नुभएको युवा नेता धिरज गुप्ताले जानकारी दिनुभयो।

सम्बन्धित पोस्टहरू