Home » Blog » प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट

प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट

अंकुश दैनिक
0 comment 9 views

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ ।

त्यसैगरी चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएको छ । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.