5
बिरगंज ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अंतर्गत पर्सामा हुने निर्वाचन प्रक्रिया ढिलो भैरहेकोले बीरगंज महानगर लगायत पालिकाको चुनाव हुने की नहुने भने अन्योल बढेर गएको छ तर अंकुश दैनिक संग कुरा गर्दै नेपाली कांग्रेस बीरगंज महानगरका सभापति भोला साह कलवारले महानगरको चुनाव नभए कुनै प्रक्रिया अगाडि न बढने भएकोले जुन सुकै हालत पनी महानगर र पालिकाको चुनाव हुने बताउनु भयो।
यसै बीच पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसी पनि महानगर र पालिकाको चुनाव गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।