Home » Blog » नेपाली कांग्रेस बीरगंज नगर कार्य समितिको बैठक सम्पन्न

नेपाली कांग्रेस बीरगंज नगर कार्य समितिको बैठक सम्पन्न

अंकुश दैनिक
0 comment 5 views

बीरगंज, ३ असार ।  नेपाली कांग्रेस नगर कार्य समिति बीरगंजको शनिवार बसेको बैठकले वडा नं. ३ का क्रियाशिल सदस्य मन्सुर शेखको असामयिक निधन प्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धान्जली ब्यक्त गर्नुका साथै बिभिन्न निर्णय गरेको छ ।
नगर कार्य समिति बीरगंजका अध्यक्ष भोला साह कलवारको सभापतित्वमा र कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी प्रमुख अतिथि रहनु भएको बैठकले महानगरपालिकाका सम्पूर्ण वडाहरुमा असार १० गते शनिवार बैठक बस्ने निर्णय गरेका छ । त्यसै गरी बीरगंजमा देखिएको अब्यवस्थित नाला तथा ढललाई ब्यवस्थित गर्न र परवानीपुर देखि गण्डक बाईपास हुदै भन्सार सम्मको बाटो निर्माण एवं मर्मत गर्न जिल्ला प्रशासन कार्यालय मार्फत सडक विभाग तथा बीरगंज महानगरपालिकालाई ज्ञापन दिने निर्णय गरिएको नगर अध्यक्ष भोला साह कलवारले बताएका छन् ।
त्यसै गरी बीरगंज महानगरपालिकाको गाभेर बनाइएको ४, ५ तथा ७, ८ र ११ लाई पुनः अलग–अलग बडा बनाउन पहल गर्ने निर्णय गरिएको छ । साथै अस्थायी शिक्षकहरुको काठमाण्डौमा भई रहेको आन्दोलन प्रति बैठकले एक्यबद्धता जनाएको नगरका नगर सचिव संतोष कुमार सिंहले बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.