Home » Blog » स्व. बिन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार माधुरी महतोलाई प्रदान

स्व. बिन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार माधुरी महतोलाई प्रदान

अंकुश दैनिक
0 comment 6 views

वीरगंज, ३ असार ।  स्व. बिन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार माधुरी महतोलाई आज एक कार्यक्रम बीच प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्ष आयोजित एक कार्यक्रममा पत्रकार महतोलाई प्रमुख अतिथि नेपाल प्रत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले नगद दश हजार सहित सम्मानपत्र साथ पुरस्कार प्रदान गर्नु भएको थियो ।
वीरगंजका पुराना पत्रकार बिजय प्रकाश बिनको सभापतित्वमा भएको पुरस्कार बितरण कार्यक्रममा बोल्दै पुरस्कृत भएकी पत्रकार माधुरी महतोले आफु पत्रकारिता गर्दा पुरस्कार पाउछु भनेर कहिल्यै नसोचेको बताउदै आफुले पाएको पुरस्कारले थप उत्साह जागृत भएको बताउनु भयो । पुरस्कारले आफुलाई पत्रकारिता गर्न हौस्याएको बताउदै अब झन दृढतापूर्वक निष्पक्ष तरिकाले पत्रकारितामा लाग्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभापति श्याम बञ्जारा प्रमुख अतिथि रहनु भएका उक्त पुरस्कार बितरण कार्यक्रममा नेशनल मेडिकल कलेजका आबिद अंसारी, पुरुषोतम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.