Home » Blog » पर्सा कांग्रेसको जिल्ला समन्वय तथा सुझाव समिति गठन

पर्सा कांग्रेसको जिल्ला समन्वय तथा सुझाव समिति गठन

अंकुश दैनिक
0 comment 9 views

वीरगंज, ४ असार ।  नेपाली कँंग्रेस पर्साले आफ्नो कार्यलाई सहज, व्यवस्थित तथा प्रभावकारी बनाउन जिल्ला समन्वय तथा सुझाव समिति गठन गरेको छ । गठित समितिमा नेपाली कांग्रेसका कन्द्रिय सदस्य द्वय रमेश रिजाल, अजय चौरसिया, पूर्व पार्टी सभापति सुरेन्द्र प्रसाद चौधरी, सांसद राजेन्द्र बहादुर अमात्य, सांसद अनिल रु·टा रहेका छन् । त्यसैगरी समितिमा पूर्व सभासद शम्भु हजरा पासवान, रामेश्वर रौनियार, ओमप्रकाश शर्मा, पूर्व जिल्ला विकास समिति पर्साका सभापति जनार्धन सिंह क्षेत्री र बसिष्ठ नरायण कुर्मी रहनु भएको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले अंकुश दैनिकलाई बताउनु भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.