Home » Blog » प्रदेश सभा ४ (क) मा सापकाेटा र (ख) मा सिंह निर्विराेध निर्वाचित

प्रदेश सभा ४ (क) मा सापकाेटा र (ख) मा सिंह निर्विराेध निर्वाचित

अंकुश दैनिक
0 comments 7 views

वीरगंज ।
पर्साकाे प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ काे (क) र (ख) मा नेपाली कांग्रेसकाे क्षेत्रिय अधिबेशन शनिबार सम्पन्न भएकाे छ । दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्विराेध प्रदेश समितिका पदाधिकारी र प्रदेश प्रतिनिधि चयन भएकाे हाे ।

प्रदेश सभा ४ (क) काे सभापतिमा जीवन कृष्ण सापकाेटा निर्विराेध निर्वाचित भएकाे छन भने प्रदेश सभा क्षेत्रिय उप सभापतिद्वय सुभाष कुमार यादव र जटाशंकर यादव, सचिवद्वयमा गाेपिलाल श्रेष्ठ, मुकेश महताे थारु, सह सचिवद्वयमा रामविहारी प्रसाद थारु र नरेश राउत अहिर पनि निर्विराेध निर्वाचत भएका छन् ।

प्रदेश प्रतिनिधिमा एकबाली साह कानु, अभय प्रसाद यादव, प्रधुमन कुमार गाैतम, कमल बहादुर सिलवाल, देवी प्रसाद दहाल, पन्नालाल प्रसाद विष्ट, सुरेन्द्र महताे नुनिया बसन्ती देवी, प्रदममाया श्रेष्ठ, कृष्ण माया गाेतामे, धन प्रसाद फुयाल, डबल बहादुर मगर, सत्यनारायण साह, रुनादेवी मुसहरिन, विध्यानन्द महताे र शेष नमुना आजम निर्विराेध चयन भएकाे पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले वताए ।

यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे सभापतिमा दिपेन्द्र कुमार सिंह निर्विराेध निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे उप सभापतिद्वयमा रसुलाजन मियाँ तेली र मनिभुषण मिश्र, सचिवद्वयमा इमरान मियाँ र श्यामकिशाेर गिरी, सह सचिवद्वयमा लाल साहेब यादव र महन्थ कुशवाहा पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत नन्दु कुमार यादवले जानकारी दिए ।
धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ गुलरियामा भएकाे प्रदेश सभा क्षेत्रिय अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयाेजक रमेश रिजाल, क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, जिल्ला सचिव किशाेरी साह, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव बलिष्टर अहमद लगायतकाे उपस्थित रहेकाे थियाे ।

सम्बन्धित पोस्टहरू