Home » Blog » तेस्रो विश्व योग दिवस वीरगन्जमा भब्य रुपमा मनाइने

तेस्रो विश्व योग दिवस वीरगन्जमा भब्य रुपमा मनाइने

अंकुश दैनिक
0 comment 8 views

वीरगन्ज, ५ असार ।
तेस्रो विश्व योग दिवसको अवसरपारि वीरगन्जमा भव्य योग शिविरको आयोजना हुने भएको छ । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दूतावास र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साको संयुक्त आयोजनमा यही असार ७ गते अर्थात जुन २१ तारिखका दिन वीरगन्जमा भब्य योग शिविर आयोजना हुन लागेको हो ।
“गरौ योग रहौ निरोग, आयुर्वेदको प्रयोग बढाउ स्वास्थ्य जिवन पाउ” भन्ने मुल नाराका साथ वीरगन्जको भिष्वा होटलमा पा“च हजार भन्दा बढीको सहभागितामा योग दिवस मनाउने तयारी भएको महाबाणिज्व दूतावासका कन्सुलर राजेश कुमारले जानकारी दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कन्सुलर राजेश कुमारले जिल्लामा रहेको सामुदायिक विद्यालयका विद्यार्थी, समाजसेवी र योग प्रेमीहरुको उल्लेख्य सहभागितामा योगि दिवस मनाउने तयारी भएको बताउनु भयो । उहा“ले दिवसका अवसरमा योग प्रशिक्षक रविशंकरमणि पाण्डेको कुसल नेतृत्वमा भिषवा होटल परिसर भित्र पा“च हजार भन्दा बढी व्यक्तिले सहजताका साथ योग गर्न सकिने पान्डालको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डाक्टर सुचित शर्माले व्यक्तिलाई अनुशासित बनाउन योगको महत्वपुर्ण भुमिका हुन्छ भने स्वास्थ्य जिवनका लागि अयुर्वेदको प्रयोग मानवकालागि राम्रो हुने विचार व्यक्त गर्नु भयो । उहा“ले स्वस्थ्य शरिरमा नै स्वस्थ्य विचारको उत्पति हुने र स्वस्थ्य विचारले नै समाजको विकास हुने भएकाले योगको अभ्यास संगै आयुर्वेदको प्रयोग गर्न सबैलाई सुझाव दिनु भयो । आधुनिक चिकित्सापद्धतीको विकास संगै एलोपेथिक औषधीको प्रयोगले व्यक्तिमा विभिन्न खाले साइड इफेक्ट जन्माउने गरेपनि आयुर्वेदको प्रयोगबाट कुनै साईड इफेक्ट नहुने जानकारी दिदै डा.शर्माले अयुर्वेद प्रकृतिको असिम वरदान भएकाले यसको प्रयोगले रोग मुक्ति पाउनुको साथै दीर्घ स्वस्थ्य जिवनका लागि आयुर्वेदको प्रयोग गर्न सबैलाई सुझाव दिनुभयो ।
डा. शर्माले योग दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भई योग र आयुर्वेद बारे जानकारी हासील गरी जिवनलाई स्वस्थ्य बनाउन सबैलाई आह्वान गर्नु भयो । ७ गते हुने योग शिविरमा सहभागि हुने जिल्ला बासीलाई आह्वान गर्दै डा. शर्माले विश्व योग दिवसको लाभ लिने सबैलाई आग्रह गर्नुभयो ।
यसै बीच विश्व योग दिवसकै अवसरमा आर्ट अफ लिभि·ले पनि आर्दशनगरमा निःशुल्क योग शिविर संचालन गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आर्ट अफ लिभि·का अभिषेक चौधरीले कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गर्नु भएको छ । गरौ योग रहौ निरोग भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको उहा“ले जानकारी दिनु भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.