Home » Blog » कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित

कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित

अंकुश दैनिक
0 comments 7 views

काठमाडौं, १२ मंसिर

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।

सम्बन्धित पोस्टहरू