Home » Blog » मुर्लीमा इफतार पार्टीको आयोजना

मुर्लीमा इफतार पार्टीको आयोजना

अंकुश दैनिक
0 comment 4 views

वीरगन्ज, ७ असार ।  हालै प्रवेश गर्नु भएका संघीय समाजवादी फोरम नेपालका नेता विजय सरावगीको आयोजनामा वीरगन्ज महानगरपालिकाको मुर्लीमा आज मुस्लिम धर्मावलम्बीहरुका लागि इफतार पाटी सम्पन्न भएको जनाइएको छ ।
रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुको लागि फोरम नेपालका नेता सरागवीले इफतार पाटीको आयोजना गर्नु भएको हो । मुर्लीमा आयोजित इफतार पाटीमा शेख रुस्तम , तुफान अन्सारी , नासीर खान ,सदाम हुसेन र हिरा हुसेनको सहभागिता रहेको थियो ।
इफतार पाटीमा मुर्ली र त्यस आसपासका गरि पाच सय भन्दा बढि मुस्लिम धर्मावलम्बीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा जिल्ला अध्यक्ष प्रदीप यादव , समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष शेख जलसुद्धिन लगायतको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.