काठमाडौं, २३ मंसिर
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारको बैठकले महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पारित भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएको भनिए पनि बैठकमा त्यस्तो कुनै प्रस्ताव पेस भएन। काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।