Home » Blog » चन्दा नदिएको निहुमा कार्यालय प्रमुखलाई कुटपिट

चन्दा नदिएको निहुमा कार्यालय प्रमुखलाई कुटपिट

अंकुश दैनिक
0 comment 6 views

वीरगन्ज,९ असार ।  ईदकालागि चन्दा नदिएपछि वीरगन्ज श्रीपुरका युवाहरुले जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र कुमार सिन्हालाई आज दुव्र्यवहार गरेका छन् । मुस्लिमहरुको महान पर्व इद मनाउन माग गरेको ५० हजार रुपैया दिन नमानेपछि श्रीपुरका युवाहरुले कार्यालय प्रमुख सिन्हालाई दुव्र्यहार गरेका हुन ।
तीन जनाको संख्याका रहेका युवाहरुले आज विहान ११ बजे कार्यालयको लेखा शाखामा बसी रहेको कार्यालय प्रमुख सिन्हालाई लेखा शाखाबाट घसार्दै बाहिर निकालनुको साथै हातपात समेत गरेको कृषि कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
इद पर्ब मनाउन चन्दा मागेका युवाहरुलाइ चन्दा नदिए पछि त्यही निहुमा कार्यालय छेउमै घर भएका तीन जना युवकहरुले दुव्र्यवहार गर्दै हातपात गरेको कार्यालय प्रमुख सिन्हाले बताउनु भयो । इद पर्ब मनाउनका लागि भन्दै स्थानीय युवाकहरुले श्रीपुरमा रहेका कास्मिया जामे मस्जिदको लेटर प्याड प्रयोग गरेर ५० हजार रुपैया चन्दा मागेका थिए ।
चन्दाका लागि हिजो पत्र दिएका युवकहरु आज बिहान ७ बजे जिल्ला कृषि विकास कार्यालयमा पुग्दा कार्यालय प्रमुख सिन्हाले आर्थिक सहयोगका लागि कार्यालयमा छुट्टै बजेट नभएकाले चन्दा दिन नसकिने जवाफ दिएपछि उनिहरु सिन्हालाइ गाली गलौज गर्दै फर्किएका थिए ।
त्यसको ४ घण्टा पछि बिहान कृषि विकास कार्यालयमा पुगेका तीन जना युवकहरुले लेखा शाखामा बसिरहेका बेला कार्यालय प्रमुख सिन्हालाइ गाली गलौज गर्दै घिसारेर कुटपिट गरेको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
कुटपिट गरे पछि युवकहरु मोटरसाइकलमा चढेर भागेको कार्यालय प्रमुख सिन्हाले बताउनु भयो । कार्यालय प्रमुख सिन्हाले चन्दा नदिएको निहुमा आफु माथि हातपात भएको बताए पनि स्थानीयवासीले भने कार्यालय प्रमुख सिन्हाले कार्यालयको बजेट हिनामिना गरेकोले स्थानीय युवाहरुले हातपात गरेको बताएका छन् ।
यसैबिच श्रीपुरका स्थानीय अगुवाहरुले आज दिउसो कृषि विकास कार्यालयका प्रमुख सिन्हालाइ भेटेर घटना दुखद भएको भन्दै आत्म आलोचना गरेपछि कार्यालय प्रमुख सिन्हाले हातपात गर्नेहरु विरुद्ध प्रहरीमा जाहेरी नदिएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
कार्यालय प्रमुख सिन्हा माथि हातपात गरेर फरार भएका युवकहरुलाइ पक्राउ गर्न प्रहरीले खोजतलाश गर्न थालेपछि श्रीपुरका अगुवाहरुले जिल्ला कृषि विकास कार्यालयमै पुगेर कार्यालय प्रमुख सिन्हालाइ भेटेर आत्मआलोचना गर्दै आइन्दा यस्तो घटना हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.