Home » Blog » ब्यालेटबाट मधेसी जनताको समस्या समाधान हुदैनः उपाध्यक्ष कुर्मी

ब्यालेटबाट मधेसी जनताको समस्या समाधान हुदैनः उपाध्यक्ष कुर्मी

अंकुश दैनिक
0 comment 6 views

वीरगन्ज  ।
राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र प्रसाद कुर्मीले ब्यालेटबाट मधेसी जनताको समस्या समाधान नहुने दाबी गर्नु भएको छ । उहा“ले तराईमा मधेसीको जनसंख्या ५२ प्रतिशत भएपनि ३० प्रतिशत मात्र निर्वाचन क्षेत्र मधेसमा रहेकाले मधेसीको समस्या ब्यालेटबाट समाधन हुनै नसकिने बताउनु भएको हो ।
राष्ट्रिय जनता पार्टी नेपाल पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको ‘स्थानिय तह निर्वाचनको बहिस्कार किन रु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय उपाध्यक्ष कुर्मीले मधेसी जनताले खोजेको अधिकार भौगोलिक अवस्थाको कारण हतियारबाट समेत प्राप्त गर्न नसकिने अवस्था रहेको बताउदै उहा“ले सडक संर्घषबाट मधेसीले अधिकार पाउने एक मात्र बाटो रहेको प्रष्ट पार्नु भयो ।
ब्यालेट र हतियारबाट मधेसीले अधिकार पाउनै नसकिने अवस्थालाई मुल्यांकन गर्दै राजपाले स्थानिय तह निर्वाचनको बहिस्कार गर्दै सडक संर्घषमार्फत मधेसीलाई अधिकार सम्पन्न बनाउन सडक संर्घषमा उत्रीएको उपाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । उहा“ले सडकबाट मधेसीले अधिकार पाउने भएकाले राजपाले थालेको अधिकार प्राप्तीको संर्घषमा सबै मधेसी सहभागी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका महासचिव शिव प्रसाद पटेलले स्थानिय तह निर्वाचनको माहौल सरकारले बनाउनुको सट्टा राजपा नेपालका नेता कार्यकर्तालाई पक्राउ गरी समस्यालाई बल्झाउ“ने काम मात्र गरेकोे आरोप लगाउनु भयो ।
राजपा नेपाल पर्सा अध्यक्ष मण्डलका सदस्य विरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पार्टीका सहमहासचिव नेजामुद्दिन समानी, केन्द्रिय सदस्य शशिकपुर मिया“, जनार्दन प्रसाद यादव, पुष्पा पाण्डे, रम्भा मिश्रा, मुन्नी श्रीवास्तव, नागरिक समाजका अगुवा पन्नालाल पटेल लगाएतका वक्ताहरुले मधेसीका जायज मांगलाई सम्बोधन नगरी विभेदलाई कायमै राख्ने सरकारको नीतिबारे सबै दलमा रहेका मधेसी नेताहरुसंग समन्वय गरी आन्दोलनलाई सशक्त बनाउ“दै लैजान सुझाव दिएका थिए । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.