Home » Blog » राजपाको बन्दले जनजीवन प्रभावित

राजपाको बन्दले जनजीवन प्रभावित

अंकुश दैनिक
0 comment 5 views

असार १४ |राष्ट्रिय जनता पार्टीले आव्हान गरेको तराई मधेस बन्दका कारण वीरगंज, बारा, पर्सा रौतहट लगायत आसपासको जनजीवन प्रभावित भएको छ । जनसंख्याको आधारमा स्थानिय तहको संख्या निर्धारण गर्नु पर्ने लगायतको माग राख्दै आव्हान गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्दको वेला रिक्सा, टांगा, मोटरसाईकल जस्ता साना सवारी साधन भने सन्चालनमा छन् ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेको छैन भने बजार, कलकारखाना र शैक्षिक संस्था चल्न सकेका छैनन् । बन्दकर्ताले आज विहानैदेखि वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्ली, बाईपास लगायतको क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, दुधको गाडि, शववाहन लगायत अत्यावश्यक प्रयोजनमा हिँड्ने सवारीलाई भने रोक नलगाईएको राजपाले जानकारी दिए छ | प्रदेश नम्बर १, ५ र ७ मा दोश्रो चरणको स्थानिय निकायको निर्वाचन अन्तर्गत आज मतदान भईरहँदा दुई नम्बर प्रदेशका जिल्लाका सर्वसाधारण भने बन्दको मार खेप्न बाध्य भएका छन् ।

 

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.