Home » Blog » खुल्ला दिशा मुक्त समबन्धी सचेतना मुलक सडक नाटक

खुल्ला दिशा मुक्त समबन्धी सचेतना मुलक सडक नाटक

अंकुश दैनिक
0 comment 6 views

चिरञ्जीवी यादव
पर्सा,  असार । जिल्ला समन्वय समिति पर्साको आयोजनामा जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषद पर्साद्वारा पर्साको ग्रामीण क्षेत्रहरूमा खुल्ला दिशा मुक्त समबन्धी सचेतना मुलक सडक नाटक तथा सांस्कृतीक अभियान संचालन भएको छ । उक्त अभियान अन्तर्गत पर्साको साविक गाविसहरु झौवागुठी, प्रसौनी भाठा, लाहावरथकरी, लगाएतको विभिन्न स्थानमा कार्यक्रम समपन्न गरिएको छ । उक्त कार्यक्रमको झौवागुठी साविक गाविसमा उक्त कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिती पर्साको समाजिक विकास अधकृत धर्मराज थापाले साबुन पानीले हातधोएर उदघाटन गर्दै जनसमुदायले आप्mनो इज्जत बचाउन तथा अन्य रोग बिमारीबाट बच्न शौचालय अनिवार्य जडान गर्नुपर्ने जनसमुदायलाई सुझाव दिनु भएको थियो ।
कार्यक्रमको सभापतित्व झौवागुठी गाविस सचीव हिमालय चौरासीया, पर्सा समन्वय समितिका लेखा अधिकृत दिनेश पन्डित, पत्रकार रामनिवास देहाती, चिरञ्जीवी यादव, प्रमोद यादव ,स्थानीय समाजिक अगुवा दलित वडा नागरिक मंच शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
यो अभियान पर्साको थप तीन वटा साविक गाविस लालपर्सा, बगही, बेलवामा समेत संचालन गरिने छ । कार्यक्रममा जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषद पर्साको कालाकारहरु जितेन्द्र मुस्कान, छोटु राजा, नितु निगमले सांस्कृतिक तथा सडक नाटक प्रदर्शन गरिएको जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषद पर्साको अध्यक्ष रामनिवास देहाती ले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.